विशेष महाधिवेशन पक्षधरको अडान : तत्काल विशेष महाधिवेशन अघि बढाऊ, अरू विकल्प छैन
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न माग गर्दै पुनः दबाब बढाएका छन् । पार्टीको विशेष राजनीतिक परिस्थितिमा संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र समसामयिक नीति निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ ।
पार्टीको १५औँ महाधिवेशन तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसकेकोले अब विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नभएको उनीहरूको भनाइ छ । पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम गत २९ असोजमा देशभरका २४८८ जना अर्थात् ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
विधानअनुसार बहुमत प्रतिनिधिबाट माग आएपछि केन्द्रीय कार्यसमितिले निर्धारित समयभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने वैधानिक दायित्व रहेको उनीहरूको दाबी छ । तर, केन्द्रीय कार्यसमितिले उक्त मागलाई औपचारिक एजेन्डा समेत नबनाएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय समितिको लामो बैठकपछि सार्वजनिक गरिएको १५औँ महाधिवेशनको कार्यतालिका प्रारम्भदेखि नै अविश्वसनीय देखिए पनि शंकाको सुविधासहित त्यसलाई स्वीकार गरिएको प्रतिनिधिहरूको भनाइ छ । तर, वडा अधिवेशनसमेत समयमा हुन नसक्नु र महाधिवेशनका कार्यक्रमहरू स्थगित भइसकेपछि घोषित मितिमा १५औँ महाधिवेशन नहुने कुरा स्पष्ट भएको उनीहरूले बताएका छन् ।
विशेष महाधिवेशन मागकर्ताहरूले पार्टी नेतृत्वमाथि ढिलासुस्ती, अस्पष्ट नीति र जालझेलको आरोप लगाउँदै विधानको बाध्यकारी व्यवस्था पालना गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...




