जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगीले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
२०७८ फागुन १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको...
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...




