Breaking News

कांग्रेस महाधिवेशन वैशाखमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षले वैशाख अन्तिमका लागि नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ कार्यतालिका पेश गरेको हो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने अब विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

महामन्त्रीद्वयले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै भृकुटीमण्डपमा हल बूक समेत गरिसकेका छन् ।

महामन्त्रीद्वयले हल बूकिङ गरेपछिको परिस्थितिबारे छलफल गर्न कांग्रेस बैठक बसेको हो ।

कार्यसम्पादन समितिको बैठकअघि कार्यवाहक सभापति खड्काले सभापति शेरबहादुर देउवासँग छलफल गर्नुुभयो।

सभापतिसँगको छलफलका आधारमा नयाँ मिति प्रस्ताव गरिएको खड्काले बताउनुभयो ।

हेर्नुहोस्, प्रस्तावित कार्यतालिका :

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले...