यती एयरलायन्सले ल्यायो ‘भ्यालेन्टाइन अफर’, स्वस्तिमासँग माउन्टेन फ्लाइटको अवसर

काठमाडौं । यती एअरलायन्सले भ्यालेन्टाइन विशेष अफर सार्वजनिक गरेको छ । एअरलायन्समार्फत पोखरा यात्रा गर्ने यात्रुले विभिन्न अफर प्राप्त गर्नेछन् ।

हरेक दिन एक जना लक्की विनरले रानी वन रिट्रिटमा ५० प्रतिशत छुट पाउने छन् । सबै यात्रुले २० प्रतिशत छुट पाउने एअरलाइन्सले जनाएको छ । यो अफर फेब्रअरी महिनाभर रहने छ ।

त्यस्तै, भ्यालेन्टाइन डेको दिनमा माउन्टेन फ्लाइट गर्ने लक्की विनरले कपलसहित गोकर्ण फरेष्ट रिसोर्टमा निःशुल्क बस्न पाउनेछन् । सो दिनमा माउण्टेन फइट गर्ने हरेकले १५ प्रतिशत डिस्काउन्ट भौचरसमेत प्राप्त गर्नेछन् ।

त्यस्तै, ९ हजार ८ सय ४८ रुपैयाँमा माउन्टेन फ्लाइटको टिकट बुक गर्दा एउटा टिकट फ्रिमा पाइने छ । जसमा एउटा टिकट विन्डो र अर्को नन विन्डो रहनेछन् । उक्त दिन कलाकार स्वस्तिमा खड्कासँग माउन्टेन फ्लाइट गर्ने अवसर मिल्नेछ ।

You might also like
Comments
Loading...