अर्थ

नेचर सुपरमार्केटको चौथो शाखा मध्यबानेश्वर मीलनचोकमा

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को चौथो शाखा मध्य बानेश्वरस्थित मिलनचोकमा खुलेको छ । सुपर मार्केटको मंगलबार शिवरात्रिको दिन काठमाडौं महानगरपालिका वडा नं. ३१का वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, कलाकार मिथिला शर्मा, दीपाश्री निरौला, जितु नेपाल लगायतले उद्घाटन गरेका हुन् ।

मध्ये बानेश्वर क्षेत्रमा सुविधासम्पन्न मार्टको आवश्यकता रहेको बताउँदै वडा अध्यक्ष भण्डारीले नेचर सुपर मार्केट सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे । बानेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए । ‘खाद्यान्न, ग्रोसरी तथा दैनिक उपभोग्य सामान प्रालिले ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने ।

नेचरले छोटो समयमा ग्राहक तथा उपभोक्ताको विश्वास जित्न सफल हुँदै शाखा विस्तार अभियान तिब्र बनाउनु राम्रो पक्ष रहेको प्रालिका ब्राण्ड एम्बेस्डरसमेत रहेकी कलाकार निरौलाले बताइन् ।

काठमाडौंको मैतीदेवीमा मुख्य शाखा रहेको प्रा.लि.ले यस अगाडि काठमाडौंको नरेफाँट र भक्तपुरको बालकोटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालन भइरहेको छ ।


‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार सेवा प्रदान गर्न सफल भएको अध्यक्ष धामीले बताए । शाखा उद्घाटनको अवसरमा एक महिनासम्म सामान खरिदमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने उनले जानकारी दिए ।

प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...