अटोमोबाइल व्यवसायी मिलनबाबु मल्ललाई सम्मान

काठमाडौं । अटोमोबाइल व्यवसायी मिलनबाबु मल्ल सम्मानित भएका छन् । सेना दिवस २०७८ को अवसरमा मंगलबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मल्ललाई ‘प्रधान सेनापति प्रशंसा निशान’बाट सम्मानित गरेका हुन् ।

नेपाली सेनाका कल्याणकारी कार्यहरुमा लामो समयदेखि उल्लेख्य सहयोग लगायत महत्वपूर्ण सहयोगहरुको योगदान स्वरुप रिसिक अटोमोबाइल्स प्रा.लि.का प्रवन्ध निर्देशक मल्ललाई सम्मान गरिएको हो ।

सेना दिवसको अवसरमा टुडिखेलमा आयोजित विशेष कार्यक्रमबीच मल्ललाई सम्मान गरिएको हो । सम्मान पाउँदा खुसी लागेको र अझै बढी सामाजिक काम गर्न प्रेरणा मिलेको मल्लले बताए ।

मल्ल नाडाको कोषाध्यक्षसमेत हुन् । उनी ३ दशकदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् ।

You might also like
Comments
Loading...