अन्तर्राष्ट्रिय

म्याड्रिडको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जनाको मृत्यु

स्पेनको राजधानी म्याड्रिडको काराबान्चेल जिल्लामा शुक्रवार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

म्याड्रिडको आपतकालीन सेवाकाअनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । तीमध्ये दुई जनाको धुवाँले निसास्सिएर र एक जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ । अग्नि नियन्त्रकहरूले अपार्टमेन्टको ढोका निकै मजबुत भएका कारण भित्र पस्न निकै संघर्ष गर्नुपरेको थियो ।

भित्र पुग्दा आगो निकै भीषण अवस्थामा रहेको र कोठा पूर्ण रूपमा धुवाँले भरिएको पाइएको थियो । आगो निभाउने क्रममा अग्नि नियन्त्रकहरूले तीनै जनाको शव फेला पारेका थिए । घटनाको अनुसन्धान वैज्ञानिक प्रहरी टोलीले गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानले विद्युतीय सट सर्किटलाई आगलागीको मुख्य कारण देखाएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...