अर्थ
१९ पुष २०८२ २०:०६
खबर सेवा · More from author
बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन
खबर सेवा
काठमाडौं। भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।
हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उहाँको भनाई छ । उहाँले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताउनु भयो । उहाँकाअनुसार शुक्रवार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उहाँले बताउनु भयो । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्नुहुँदै उहाँले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरु प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साईडबाट हेर्दा हामीले मौसमहरु हेर्ने हो । मोसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ । अहिले विमानस्थल चालु छ, विमानस्थल चालु हुनलाई थोरै रिक्वारमेन्ट चाहिन्छ, हामीले हाम्रो यो जहाजको पछाडीको हाईट चाही अफ–ट्रयाकल पर्न जान्छ, यसलाई मिलाउन हामीले रनवेलाई अलिकति छोटो बनाएका छौँ । त्यो हामी पाईलटलाई जानकारी गराउँछौँ । प्रत्येक आउने, जाने जहाजलाई भन्छौँ हामी । १५ सय मिटर हो, यो । हामीले अहिले १४ सय मिटरमा यो एयरपोर्ट चलाईराखेका छौँ । १४ सय मिटर उनीहरुलाई सफिसेन्ट हुन्छ, भनेर चलाइरहेका छौँ ।’
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिव ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानियहरुले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए ।
दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरु भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भईरहेको छ । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बढ्यो सुनको भाउ
काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...
२ चैत २०८२ १२:१९
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...
२ चैत २०८२ ८:१४
फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...
२ चैत २०८२ ८:११
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...
२ चैत २०८२ ७:५७




