Breaking News

राष्ट्रपति नियन्त्रणमा लिएपछि आफै भेनेजुएलामाथि शासन गर्ने तयारीमा ट्रम्प

भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई मुद्दा चलाइने

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिकाले नै शासन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न शहरमा सैन्य आक्रमण गरेको बताइएको छ । आक्रमणलगत्तै अमेरिकी सेनाको विशेष आतंकवाद विरोधी इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको अमेरिकी पक्षको भनाइ छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मादुरो अमेरिकी नियन्त्रणमा रहेको फोटो सार्वजनिक गर्दै पक्राउको औपचारिक पुष्टि गरेका हुन् । सार्वजनिक तस्बिरमा मादुरोको हातमा हतकडी, आँखामा कालोपट्टी, ग्रे रंगको ट्र्याकसुट र कानमा हेडफोन देखिन्छ ।

यसैबीच, फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ।’

न्यूयोर्कमा मुद्दा चलाइने

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध मुद्दा चलाइने जानकारी दिएको छ । उनीहरूमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप लगाइएको छ ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले एक्समार्फत लेखेकी छन्, ‘निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन तथा खतरनाक हतियार राख्ने र त्यससम्बन्धी षड्यन्त्रको अभियोग छ।’  उनले मादुरोले छिट्टै अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्ने पनि बताएकी छन् । तर मादुरोकी पत्नीमाथि लगाइने आरोपबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । अमेरिकाले गरेको आक्रमणको रूस, चीन, कोलम्बियासहित विभिन्न देशले कडा निन्दा गरेका छन् ।

सम्बन्धित समाचार

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...