अर्थ

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई पाँच वर्षका लागि नियुक्त गरेको छ।

दुई सञ्चालक खाली रहँदा बैंकको पूर्ण बैठक बस्न सकेको थिएन भने कतिपय निर्णय रोकिएका थिए।पूर्व सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि रिक्त रहेको स्थानमा मन्त्रिपरिषद् बैठकले आचार्य र शिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य पूर्व कार्यकारी निर्देशक हुन्।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...