कांग्रेसमा महाधिवेशनको रडाको ; देउवाले आफूनिकट नेताको राय लिने
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछिको अवस्थाबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतासँग छलफल गर्ने हुनुभएको छ।
आफूनिकटका पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले आइतबार दिउँसो २ बजेका लागि छलफलमा बोलाउनुभएको हो। ‘सभापतिज्यूले छलफलका लागि बोलाउनु भएको छ, पार्टीभित्रको संकटको बारे मै छलफल हुन्छ,’ देउवा निकट एक पदाधिकारीले भने।
शुक्रबारको कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि गगन–विश्वले विशेष महाधिवेशन नरोक्ने बताउनुभएको हो । उहाँहरुले शनिवार कानूनविद्सँग परामर्श गर्नुभएको थियो।
आफूनिकट पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर देउवाले निकासका लागि प्रयत्न गर्ने ती पदाधिकारीले बताए ।
महामन्त्री थापाले पुस २८ र २९ गतेको विशेष महाधिवेशन नरोकिने त्यसका लागि देउवाले केन्द्रीय समिति राखेर निर्णय गराउनु पर्ने बताउनुभएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...




