विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य हुँदैछ: महानिर्देशक तिवारी
काठमाडौं। नेपालमा रहेका विदेशी नागरिकको विवरणको अभिलेख राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ । अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।
नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकम प्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ ।
उहाँकाअनुसार टेलिकमहरुबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ । त्यसबाट सम्पूर्ण विवरणहरु थाहा पाउन सहज हुनेछ । वायुसेवा सञ्चालकहरुसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ । आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदैछ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा शुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ ।
पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको तिवारीले जानकारी दिनुभयो। यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरु यो प्रणालीलाई लागू गर्न तयार छन् । अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौका तारे होटेलहरु हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानु दिन बढिरहेको छ ।
महानिर्देशक तिवारीले भन्नुभयो–‘जनवरी १ बाट यो खास गरेर विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुरु गरिएको छ । यो शुरु गर्नका लागि विगत ४ महिनादेखि स्टेक होल्डरहरुसँग सघन छलफल गर्ने, प्रणालीहरुको विकास गर्ने र त्यसमा प्रतिक्रियाहरु लिने काम गरिरहेका थियौ र यो सिस्टम नयाँ पनि भएको र धेरै स्टेकहोल्डरहरु जोडिनुपर्ने हुँदा पहिलो चरणमा काठमाडौंका तारे होटलहरुबाट शुरु गरेका थियौं र अहिलेसम्म करिव साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौंका तारे होटेलहरु हामीसँग जोडिएका छन् । यो सिस्टममा जोडिएकाहरुकोमा आउने विदेशी नागरिकहरुको होटेलहरुमा एनकाउन्टर भएको विवरण हाम्रो सिस्टमले प्राप्त गर्न सुरु भाएको छ । अब हामी यसलाई विस्तार गर्नुपर्नेछ । अब होटल एसोसिएसनका दुवै ओटै संस्थाहरु, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका संस्थाहरु सबैसँग मिलेर यो सिस्टमलाई विस्तार गर्दैछौ । अहिले हामी नेपाल टेलिकम र एनसेलसँगसँग यो सिस्टम जोड्दै छौं । त्यहाँबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण हामी कहाँ आउने गरेर त्यो पनि हामी जोड्ने अन्तिम चरणमा छौं।
वायु सेवा सञ्चालकहरुसँग कुरा भ सिस्टमले कसरी निगरानी गर्छ ?
महानिर्देशक तिवारीकाअनुसार नेपाल आउने हरेक विदेशीको विवरण ट्रभल एजेन्सी, होटल, मनि एक्सचेञ्जदेखि पर्यटन विभागबाट समेत लिइँदैछ । उनीहरुलाई यो प्रणालीमा ल्याएर पर्यटकको विवरण राख्न भनिनेछ ।
महानिर्देशक तिवारीले भन्नुभयो– ‘हामी चाहे तपाई एउटा विदेशी कोहि नेपाल आइसकेपछि ट्राभल गर्छ, सार्वजनिक बस अथवा एयरलाइन्समार्फत यात्रा गर्छ । होटेलहरुमा बस्छ । सिम कार्ड लिनुप¥यो भने हाम्रो दूरसञ्चार सेवा प्रदायकमा जान्छ । त्यसपछि पैसा काट्नुप¥यो भने मनि एक्सचेञ्जमा जान्छ । अरु केही काम गर्नु अथवा बैंकमा जान्छ । त्यसपछि ट्रेडिङ माउन्टेनियरिङ गर्नप¥यो भने उनीहरुका संस्थामा जान्छ । पर्यटन विभागमा जान्छ । यी सबै गर्दा पर्यटक जो जो सँग ठोकिन्छ ति सबै सँग इन्काउन्टर भएको विवरणलाई सिस्टमले ट्रयाक गर्छ । त्यही विवरण प्राप्त गर्नका लागि सबै संस्थाहरुसँग अध्यागमनले काम गरिरहेको छ ।’
सिस्टम कति सुरक्षित ?
अध्यागमन विभागका महानिर्देशक तिवारीकाअनुसार जनावरी १ बाट लागू गरिएको यो प्रणालीलाई प्रभावकारी रुपमा लागू गराइछाडिनेछ र सिस्टममा राखिएका हरेक विवरण सुरक्षित राखिनेछ । अध्यागमनले बनाएको सिस्टमलाई सुरक्षित भरपर्दो बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अध्यागमन विभागले अडिट गराइएको थियो । प्रणाली बारम्बार अपग्रेड गरिरहनुपर्नेछ । त्यसले पनि सिस्टम थप प्रभावकारी, सुरक्षित भरपर्दो बन्नेछ ।
महानिर्देशक तिवारीले भन्नुभयो–‘जुन अध्यागमनसँग पहिलेदेखि सिस्टम छ । यो प्रणाली त्यसकै एउटा मोडलको रुपमा विकास गरिएको छ । समग्रमा हेर्दा जुन हाम्रो बोर्डर कन्ट्रोल सिस्टम छ नेपाली पोर्ट भन्ने त्यो सिस्टम जति सुरक्षित हो यो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली भनेको त्यही बराबर इक्वल सेक्युरिटी नै छ । हामी हाम्रो त्यसको डिजाइनदेखि वेभको डेभलप सोहीअनुसार गरिएको छ । हाम्रा समग्र सिस्टमहरुको सुरक्षा त्यसको साइबर सुरक्षाको हाम्रो पाटोमा हामीले ध्यान दिनुपर्ने एकातिर छँदै छ । फेरि यो प्रणालीलाई अध्यागमनले मात्रै नभई राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अडिट गराइएको छ । यो सिस्टमलाई त्यसपछि उनीहरुबाट पनि सहयोग लिइएको छ र भोलीका दिनमा पनि सिस्टमलाई बलियो राख्न कामहरु हुनेछ । सेक्युरिटीका कतिपय कुराहरु अपग्रेड गर्दै पनि लैजानु पर्ने हुन्छ । एकचोटी बनेका कारणले त्यो सुरक्षित हुने पनि होइन । प्राविधि हिसावले काम भइरहेको छ । अहिले के प्रष्ट पार्न चाहन्छु भने कुनैपनि व्यक्तिको वैयक्तिक सूचनाहरु चाहीँ अध्यागमन प्रणालीमा आइसकेपछि त्यो
नागरिकको सुरक्षा र कानुनको कार्यान्वयन भन्दा अरु कुनैपनि हिसाबले त्यसको दुरुपयोग हुनु हुँदैन र सिस्टम तलसम्म पुर्याउने योजना के ?
जनावरी १ बाट लागू भएको अध्यागमनको यो सिस्टम तल्लो तहसम्म पु¥याउन सहज भने छैन । सिस्टम जानेको जनशक्ति हरेक क्षेत्रमा छैनन् त्यसले पनि चुनौती रहेको महानिर्देशक तिवारी बताउनुहुन्छ । कतिपयले यो सिस्टमका बारेमा विदेशी नागरिकसम्म अनावश्यक अफवाह फैलाएकाले सिस्टम प्रभावकारी लागू गर्न केही चुनौति देख परेको उहाँको भनाइ छ ।
महानिर्देशक तिवारीले भन्नुभयो–‘सबै मान्छेहरुलाई यसको आवश्यकता के हो भनेर यसलाई यथार्थ रुपमा बुझाउन जरुरी छ । अध्यागमनले गर्न खोजेको के हो भन्ने प्रष्ट नहुँदा कहिले कहीँ अनावश्यक रुपमा अफवाह फैलाउने, विदेशी नागरिकलाई डिस्करेज गर्ने हिसाबले पनि म्यासेज गरेको पाइन्छ । अनौपचारिक क्षेत्र धेरै रहेकाले यसको कार्यान्वयन चुनौती छ । जस्तो कतिपय होम स्टे, सार्वजनिक यातायातहरु छन् । यिनिहरुसँग कुनै रेकर्डहरु राख्ने त्यो लेभलको जनशक्ति छैन । त्यो लेभलको तयारी पनि छैन । त्यसो हुँदा यसमा चुनौती पनि छ । तर अध्यागमनले गरेन भने त्यो ठिक भएन त्यसैले अहिलेलाई जहाँ जहाँ गर्न सकिन्छ त्यो कुरा ग¥यौ भने पनि हामी धेरै विदेशी नागरिकहरुको मुभमेन्टलाई हामीले रेकर्ड गर्नसक्ने स्थिति आउछ र त्यसका लागि पनि सिस्टममा विभिन्न खालका मोडलहरु बनाइएको छ । काठमाडौँको पाच तारे होटेल, एयरलाइन्सहरुसँग टेलिकमहरुका आफ्ना आफ्नै बलिया सिस्टमहरु छन् । उनीहरुलाई तत्कालै लागू गरिएको हो । उनीहरुसँग सिस्टम छ, त्यसको एपीआइ सिस्टमबाट डेटाहरु जति चाहिने हो त्यो डाटा सिस्टमबाटै लिइनेछ ।’
महानिर्देशक तिवारीका अनुसार नेपालले जनावरी १ बाट लागू गरेको यो प्रणाली हरेक देशमा लागू भइसकेको छ । कुनै पनि देशले अध्यागमनमा यो प्रणाली लागू गरेर विवरण राख्दा पर्यटकको सुरक्षासँग पनि जोडिन्छ । कुनै पर्यटक अप्ठ्यारोमा परे नेपाल सरकारलाई उद्धार गर्न समेत यो प्रणालीले महत्वपूर्ण सहयोग गर्नेछ । तल्लो तहसम्म यो सिस्टम लैजान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति छ । सोही समितिले जिल्ला स्थिति संघसंस्थाहरुसँग छलफल समन्वय गरेर प्रभावकारी रुपमा प्रणालीलाई लागू गराउनेछ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं
-
२.
बढ्यो काठमाडौँको तापक्रम
-
३.
सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
-
४.
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
-
५.
टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




