लुम्बिनी विकास बैंकद्वारा एकै दिन थप ३ नयाँ शाखा उद्घाटन
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउँने उद्देश्यले जेठ १२ गते थप ३ शाखाहरुको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ८४औँ शाखाको रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका २ स्थित बाणी शाखा, ८५औँ शाखाको रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका १ स्थित लम्की शाखा र ८६औँ शाखाको रुपमा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका वडा नं. ७ स्थित मसुरिया शाखा रहेको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।
यस विकास बैंकको बाणी शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरे ।
त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरे ।
साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप ३ नयाँ शाखाहरुको उद्घाटन भएसंगै सुदुरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिती भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्सेमा गिरावट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...
राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...
सुनको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...




