Breaking News

निर्वाचनका लागि अर्थले दियो १० अर्ब ३९ करोड स्वीकृति

काठमाडौं।सरकारले आगामी निर्वाचनको लागि तयारी तीव्र बनाएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि चाहिने खर्च व्यवस्थापन गर्दै रकम निकासा प्रक्रिया अघि बढाएको छ।

विशेष गरी गृह मन्त्रालय मातहत र निर्वाचन आयोग मातहतमा निर्वाचन खर्च हुने गर्छ। गृह मन्त्रालय र निर्वाचन आयोगले माग गरेको बजेटमा छलफल गर्दै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाल्ने क्रममा नै निर्वाचनका लागि चाहिने बजेटमा सरकारले आवश्यक जोहो गर्ने र आवश्यकताको आधारमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएका थिए।

अर्थ मन्त्रालयले बजेटको स्वीकृति गर्ने क्रममा निर्वाचन सुरक्षा अन्तर्गत गृह मन्त्रालयले माग गरेको बजेटमा निकै कम स्वीकृति दिएको छ। निर्वाचन आयोगले माग गरेको बजेटमा भने करिब माग बराबरको स्वीकृति दिएको छ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार गृह मन्त्रालयले १७ अर्ब २१ करोड रूपैयाँ बजेट माग गरेको थियो। अर्थले १० अर्ब ३९ करोड रूपैयाँको स्वीकृति दिएको छ।

गृहले केन्द्रीय, प्रदेश र जिल्लामा कमाण्ड पोस्ट र निर्वाचन सेलका लागि ३१ करोड ५४ लाख रूपैयाँ बजेट माग गरेको थियो।

नेपाल प्रहरी अन्तर्गत १२ अर्ब २ करोड रूपैयाँ बजेट माग गरेको थियो। जस अन्तर्गत म्यादी प्रहरीका लागि चाहिने बजेट समेत हो।

सशस्त्र प्रहरी बलका लागि ४ अर्ब ४८ करोड, राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ८९ लाख रूपैयाँ र ७७ वटा जिल्ला प्रशासन कार्यालयहरूका लागि ३१ करोड ४६ लाख रूपैयाँ बजेट सहित १७ अर्ब २१ करोड रूपैयाँको माग भएको हो।

अर्थ मन्त्रालयले एक लाख ३३ हजार म्यादी प्रहरी भर्नासहित नेपाल प्रहरीका लागि ७ अर्ब १३ करोड रूपैयाँको बजेट स्वीकृत गरेको छ। सशस्त्र प्रहरीको लागि ८० करोड ८४ लाख रूपैयाँ, र अन्य निर्वाचन खर्चको लागि २ अर्ब ४० करोड रूपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ।

गृह मन्त्रालयले माग गरेको बजेटको आधारमा ६० प्रतिशत मात्रै रकम स्वीकृत भएको छ।

सम्बन्धित समाचार

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...