Breaking News

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ।  जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो। अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो।

आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ। आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’

सम्बन्धित समाचार

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...