‘बजेटमा जीविकोपार्जनका कार्यक्रमले मात्र पुग्दैन’
काठमाडौं । बाधा श्रमबाट मुक्त भएका हलियाको जीविकोपार्जनका लागि रोजगारी सिर्जना र क्षमता विकास कार्यक्रमसँग आबद्ध गरिने’ बजेट वक्तव्यमा उल्लेख गरिएको कुरालाई मुक्तहलिया अगुवाले सकारात्मकरुपमा लिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को बैठकमा आब ०७९÷८० को बजेट वक्तव्यमा पुनः स्थापना कार्यक्रमअन्तर्गत सुविधा पाउन बाँकी मुक्तकमैया, मुक्तहलिया, कम्लरी तथा हरूवा चरुवाको पुनःस्थपनका लागि जीविकोपार्जन रोजगारी सिर्जना र क्षमता विकासका कार्यक्रमसँग आबद्ध गरिने कुरा उल्लेख गरेका थिए ।
“पुनः स्थापनामा परेका मुक्त हलियाको जीविकोपार्जनका लागि कार्यक्रममा आबद्ध गरिने कुरा सकारात्मक छ”, राष्ट्रिय मुक्तहलिया समाज नेपाल महासघंका अध्यक्ष ईश्वर सुनारले भने, “पुनः स्थापन भएको लामो समयसम्म पनि मुक्तहलिया परिवारले रोजगारी नपाउँदा जीवन चलाउनै मुस्किल भएको थियो । यो कार्यक्रम लक्षित वर्गसम्म पुग्नसकेमा मुक्तहलिया परिवारलाई साँझ बिहान हातमुख जोर्न सहज हुन्छ ।”
सरकारले हलियालाई मुक्त गर्ने घोषणा गरे पनि मुक्त गरिएका हलिया परिवार सबै पुनः स्थापन कार्यक्रममा समेटिन भने सकेका छैनन् । अझै पनि १५ हजार बढी मुक्तहलिया परिवार लगतमा समेटिन सकेका छैनन् ।
पुनः स्थापनाका लागि परिचयपत्र पाएका १२ जिल्लाका १६ हजार ९५३ परिवारमध्ये १३ हजार परिवार मात्रै पुनः स्थापन भएका छन । पुनः स्थापन भएका परिवारमध्ये धेरैले घर निर्माणका लागि दोस्रो किस्ताको रकमसमेत पाउन नसकेको अध्यक्ष सुनारले बताए ।
“पुनः स्थापनमा समेटिएकामध्ये केही परिवारले जग्गा पाउन सकेका छैनन् । केहीले घर निर्माणका लागि उपलब्ध हुने रकम पाएका छैनन्”, उनले भने , “घर मर्मतको रकमसमेत पाइएको छैन । जीविकोपार्जनका कार्यक्रमसँगै पुनः स्थापनको कार्यलाई समेत सरकारले पूरा गर्नुपर्दथ्यो । बजेटमा ती कुरा उल्लेख गरिएका छैनन् ।”
हालै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले श्याम श्रेष्ठको नेतृत्वमा मुक्तहलियाको अवस्थाबारे अध्यन अनुसन्धान गर्न गठन गरेको कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने उनले बताए ।
“कार्यदलले मुक्त हलियाको अवस्थाबारे प्रतिवेदनमा उल्लेख गरेको छ”, राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले भने, “अक्षरसः त्यसको कार्यान्वयन गरिनुपर्छ । बजेट वक्तव्यमा हलिया पुनः स्थापनका लागि जग्गा खरिद, आवास निर्माणलगायतका कुरासमेत समेटिनुपर्दथ्यो । त्यो आएको छैन ।”
मुक्तकमैया अगुवा घाँसीराम रानाले मुक्तकमैयालाई जीविकोपार्जनसँग जोड्ने कुरा सकारात्मक छन् । लगतमा समावेश भई पुनःस्थापना नभएका मुक्तकमैयाको पुनः स्थापनाको पाटो महत्वपूर्ण तर यस कार्यका लागि बजेटमा स्थान नदिनु दुःखद् भएको उनको भनाइ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...
रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन
बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...




