राष्ट्रियसभाको निर्वाचन ; सातै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता
काठमाडौं। राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उहाँका अनुसार, सातै प्रदेशबाट विभिन्न दलका गरी ४४ जनाले मनोनयन दर्ता गराएका छन्।
कोसी प्रदेशबाट ५, मधेसबाट ११, बागमतीबाट ६ र गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, लुम्बिनीबाट ८, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ४ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।
आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ। त्यसपछि पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्नेछ। त्यही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ। त्यही साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पुस २८ गते चुनाव चिह्न प्रदान गरिने भएको छ। माघ ११ गते मतदान हुनेछ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताउनुभएको...
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...




