खुल्यो म्यादी प्रहरीमा भर्ना
काठमाडौँ। नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा८) ले (१ लाख ३३ हजार ९८)जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।
दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म( सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ।
निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता, सामान्य लेखपढ गर्न सक्ने क्षमता, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको हुनुपर्ने योग्यता तोकिएको छ।
नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिनेछ ।
साथै, खाना खर्च, तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने जनाइएको छ। निर्वाचनको क्रममा ड्युटीमा आउजाउका लागि एकपटक तयारी खर्चसमेत दिइनेछ।
छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुनेछ। छनोटको अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिने र प्रशिक्षण माघ १८ गतेदेखि शुरू हुने सूचनामा उल्लेख छ।


ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...




