अर्थ

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको नयाँ कार्यालय

पर्सा । वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए ।

औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।

सम्बन्धित समाचार

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...