पाकिस्तानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते
पूर्वी पाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तस्थित तालागाङ जिल्लामा बुधवार यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
रावलपिण्डीबाट मुल्तानतर्फ जाँदै गरेको उक्त बस पहाडी क्षेत्रको एउटा मोड काट्ने क्रममा अनियन्त्रित भई करिव १०० फिट गहिरो खोंचमा खसेको उद्धार अधिकारीहरूले बताएका छन् ।
घटनास्थलमा पुगेका रेस्क्यु ११२२ का टोली र जिल्ला प्रशासनका कर्मचारीहरूले घाइते तथा मृतकहरूलाई तालागाङस्थित सरकारी अस्पताल पु¥याएका छन् । घाइतेहरूको अहिले उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




