अर्थ

प्रतिकूल बकपत्र गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दाय

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बस्ने प्रेम सिंह ठगुन्ना र कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने किसन सिंह साउदले प्रतिकूल बकपत्र गरेको भन्दै बिहीबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव भएको घुस मुद्दामा ती दुई जना साक्षीले मंसिर २५ गते अदालतसमक्ष बकपत्र गर्दा आयोगमा गरेको बयान भन्दा बेहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

यादवलाई नगद ७ लाख ३१ हजार रूपैयाँ घुस लिएको भन्दै आयोगले दायर गरेको मुद्दामा ती दुई जना साक्षी थिए ।

यादव, ठगुन्ना र साउदबीच गैरकानूनी स्वार्थ तथा लाभ लिने दिने उद्देश्यले पछिबाट सम्बन्ध सम्पर्क भएकै कारण समेतबाट मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसुर तथा सजायमा छुट सुविधा प्राप्ति भएपछि उक्त सुविधा तथा छुटको शर्त विपरीत हुने गरी फरक तथा झुट्टा बेहोरा लेखाई प्रतिकूल बकपत्र गरेको आयोगको दाबी छ ।

ती दुई जनाविरुद्ध पनि आयोगले ७ लाख ३१ हजार रूपैयाँ बिगो कायम गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाउनुभएको छ।

सम्बन्धित समाचार

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...