भेनेजुएलामा सातदिन शोक बिदा
काठमाडौं । भेनेजुएलाको सेनाले बुधबार राजधानी काराकासमा हालै अमेरिकी सैन्य अभियानमा मारिएका सैनिकको अन्त्येष्टि समारोह आयोजना गर्यो । अमेरिकी कारबाहीमा राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि त्यहाँ देशभर गहिरो शोक र सन्नाटा छ ।
सैन्य ब्यान्डको धुनबीच मृतक सैनिकको कफिनमा भेनेजुएलाको राष्ट्रिय झन्डा ओढाइएको थियो । परिवारका सदस्य र सैनिक दिवंगतको अन्तिम बिदाइमा सहभागी भए । धेरै अधिकारीको उपस्थितिमा आयोजित अन्तिम संस्कार समारोहमा सेनाद्वारा सलामी अर्पण गरिएको थियो ।
भेनेजुएलाको सेनाले उक्त कारबाहीमा कम्तीमा २४ सुरक्षा अधिकारी मारिएका जनाएको छ । मारिनेमा उच्चपदस्थ अधिकारी पनि थिए ।
मृतक सैनिकको सम्मानमा कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सातदिने शोक घोषणा गरेकी छन् । उनले भनिन्, “देशले यी वीरहरूको बलिदान कहिल्यै बिर्सने छैन र उनीहरूका परिवारसँग दृढ रूपमा उभिनेछ ।”
भेनेजुएलाका अटर्नी जनरल तारेक विलियम साबले भने, “यी हत्याको अनुसन्धान युद्ध अपराधका रूपमा गरिनेछ र दोषीहरूविरुद्ध कडा कारबाही हुनेछ ।”
क्युबाले पनि भेनेजुएलामा तैनाथ ३२ क्युबाली सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ । त्यसपछि क्युबामा दुईदिने शोक मनाइएको छ ।
अमेरिकाले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लागुऔषध तस्करीविरुद्धको आरोपमा मुद्दा चलाउन भेनेजुएलाबाटै नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ । तर, मादुरोले अमेरिकी अदालतमा आफूमाथिका आरोप अस्वीकार गरेका छन् ।
अमेरिकी कारबाहीले अन्तर्राष्ट्रियस्तरमा गम्भीर विवाद र आलोचना जन्माएको छ । धेरै देश र संगठनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र नागरिक हताहतप्रति चिन्ता व्यक्त गरेका छन् । अमेरिकाले भने यसलाई लोकतन्त्र पुनर्स्थापना र कानुन कार्यान्वयनका निम्ति चालिएको कदम भनेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




