कोशी

सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास

काठमाडौं।‍ सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ ।  सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो ।

मोरङको सीमानाका हुँदै बिहीवार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ।

नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गर्नुभएको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझ्नु भएको थियो । झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ । सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालले संगठनको २५ औं रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ ।राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिन्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...