Breaking News

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारका आकांक्षीले प्रचार गर्न थालेपछि रास्वपाले भन्यो : तत्काल रोक्नू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका आकांक्षीलाई सामाजिक सञ्जालमार्फत् अहिले नै भइरहेको उम्मेदवारी प्रचार–प्रसार तत्काल रोक्न निर्देशन दिएको छ।

बिहीबार उम्मेदवार छनोट सिफारिस उपसमितिद्वारा जारी सूचनामा केही आकांक्षीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा समेत सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारीको प्रचार–प्रसार गरिरहेको पाइएको उल्लेख गरिएको छ ।

यस्तो गतिविधिले नयाँ तथा बाँकी आकांक्षी निरुत्साहित हुने अवस्था सिर्जना भएको उपसमितिको भनाइ छ ।

‘यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ’, उपसमितिले भनेको छ, ‘उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा विनाफोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।’

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिने बताइएको छ ।

रास्वपाले पार्टीको निर्वाचनसम्बन्धी आचारसंहिता तथा उम्मेदवार छनोट सिफारिस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सम्बन्धित सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...