Breaking News

कांग्रेस बैठकले के-के गर्यो निर्णय?

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र विपक्षमा भइरहेको विवादबीच केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्यो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बोलाउन आवश्यक नरहेको बताउनुभएको बताइएको छ। पार्टीको विधान अनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक नरहेको खड्काको तर्क थियो।

तर, महाममन्त्री थापाले विशेष महाधिवेशन हुने बैठकमा प्रस्ट पार्नुभएको छ। उहाँले विधानको कुन धारा अनुसार नियमित महाधिवेशन घोषणा भएका बेला विशेष महाधिवेशन नहुने भन्ने खड्काले प्रस्ट पार्न नसकेको बताउनुभयो।

यसैबीच कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बिहीबारका बैठकका निर्णयहरु सार्वजनिक गरेका छन्।

बैठकले देहाय बमोजिमको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ:

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली धरोहर हो । आज पनि नेपाली कांग्रेस नै देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति हो र यसले आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने जिम्मेवारी बोकेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मिति २०८२ असोज २९ गते पार्टीका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विधान बमोजिम समयमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन माग भए अनुसार सो सम्बन्धमा केन्द्रीय कार्यसमितिमा व्यापक छलफल गरी मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका सर्वसम्मतिबाट पारित गरि नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम महाधिवेशनको आवश्यक प्रकृया अघि वढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ ।

मिति २०८२ मंसिर १५ गतेको महाधिवेशनको कार्यतालिका २०८२ पौष १८ गतेको कार्यसम्पादन समितिको बैठकले शंसोधन गरि १५ औं महाधिवेशन मिति (वैशाख २८३१, २०८३) तोकिसकेको छ । तसर्थ, पार्टीको विधान अनुसार १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रकृया अघि वढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आव्हान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन । साथै, वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन । यस कार्यले पार्टीलाई विभाजन तर्फ लैजान सक्छ । साथै, विशेष महााधिवेशनको मांगलाई अगाडि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्नेछ । साथै, देश अस्थिरतातर्फ धकेलिने सम्भावनालाई हृदयंगम गर्दै कांग्रेसले एकताबद्ध भएर आम निर्वाचनको तयारीमा जुट्नु आजको आवश्यकता हो । अहिले २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सम्बन्धी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरि उम्मेदवारी दर्ता गरिसकेको अवस्था, राष्ट्रिय सभा सदस्यको निर्वाचन लगायतका काममा पार्टी केन्द्रीत रहेको छ ।

निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै खाले सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिन्छ । देश, लोकतन्त्रलाई थप मजवुत बनाई आर्थिक समृद्धिको दिशामा अग्रसर बनाउने दृष्टिकोण वैचारिक रुपमा दृढ संकल्पका साथ जनसमक्ष प्रस्तुत गर्नु पर्नेछ, आम निर्वाचन मार्फत् जन अनुमोदन प्राप्त गर्न सकिन्छ र गर्नुपर्ने नै हुन्छ ।

विद्यमान परिस्थितिमा, पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु हामी सबैको साझा जिम्मेवारी हो । नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ । तर हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्नेछ । तसर्थ, विशेष महाधिवेशन भनि बोलाइएको भेला तत्काल रोक्न अपील गर्ने यो बैठक निर्णय गर्दछ ।

साथै, थप स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यहरुलाई नभै केबल पार्टीको केन्द्रीय समितिलाई मात्र रहेकोछ । तसर्थ, पदाधिकारी वा सदस्यहरुद्वारा व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवशेनका नाममा गरिने कुनै पनि गतिविधि विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई यो बैठक अपिल गर्ने निर्णय गर्दछ ।

बैठकमा धारणा व्यक्त

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुरले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...