जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ ।
एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण र प्रयोग गर्ने सरकारको नीति सकारात्मक भएको बताका हुन् ।
“निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने र जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसायीमा उत्साह थपिएको छ”, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, स्वदेशमा उत्पादित जुत्ताचप्पल निर्यातमा दिइने अनुदानमा वृद्धि, बैंकबाट प्रवाह गरिने ऋणमा औद्योगिक र व्यावसायिकरुपमा वर्गीकरण गरी औद्योगिक ऋणमा विशेष सहुलियत दिने, रोजगारी सिर्जना गर्न कार्यस्थलमा आधारित तालिमका लागि बजेट विनियोजनलगायत विषय सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ ।
सो कार्यले नीतिगतरुपमा नै आयातलाई निरुत्साहित गर्दैै स्वदेशमा उत्पादकत्व अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै लैजान सहयोग पुग्ने विश्वास एशोसिएशनले लिएको छ ।
बजेटमा उल्लेखित अधिकांश समस्या सकारात्मक रहे पनि विद्युत् महसुलमा साना तथा मझौला उद्योगलाई बेवास्ता गरिनु, प्रविधिको समुचित प्रयोग, अध्ययन, अनुसन्धान क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकासमा बजेटले सम्बोधन गर्न नसकेको एशोसिएशनले जनाएको छ ।
एशोसिएशनले चोरी पैठारी र न्यून बजारीकरण जुत्ताचप्पलको क्षेत्रको मुख्य समस्या रहेकाले यसलाई सरकारले विशेष ध्यान दिँदै उद्योगमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।
एशोसिएशनले बजेटले जुत्ताचप्पल क्षेत्रका विषयलाई सकारात्मक सम्बोधन गरे पनि कार्यान्वयनमा भने समस्या रहेको जनाएको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




