एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन
काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको जनाएको छ ।
एनआरएनए एनसीसी यूएसएले प्रेस विज्ञप्ति जारी गरी आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै कार्यक्रम आयोजना नगरिएको समेत जानकारी दिएको छ ।
‘संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ ।
एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि सञ्चालन भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको समेत जनाएको छ ।
प्रेस विज्ञप्तिमा एनआरएनए एनसीसी यूएसएले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको स्पष्ट पारेको छ । संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएका कार्यक्रम, भ्रमण, फन्डरेजिङ वा अन्य गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष
काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...




