‘चौथो साकोस शिखर गोष्ठी’को तयारी तिब्र, प्रविधि हस्तान्तरण मुख्य एजेन्डा
काठमाडौं । नेपालको बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को आयोजनामा ‘चौथो साकोस शिखर गोष्ठी-२०७९’ हुन भएको छ ।
यही जेठ २९ र ३० गते हुने उक्त सम्मेलनको तयारी तिब्र बनाइएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।
‘सहकारी अभियानको क्षेत्रमा यो शिखर सम्मेलन निकै प्रभावकारी हुुनेछ,’ पौडेलले भने । बचत अभियानमा अति आवश्यक विषय डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ भन्ने विषयमा गोष्ठी केन्द्रित हुने बताइएको छ ।
नेफ्स्कूनसँगै संघीय मन्त्रालयको समेत आयोजना हुन लागेको कार्यक्रममा देशभरका बचत सहकारीका प्रतिनिधिहरु सहभागी हुनेछन् भने विदेशबाट पनि सहकारी अभियान्ताहरुको उपस्थिति रहने पौड््यालले जानकारी दिए ।

‘नवप्रवद्र्धन र वहश पैरवीका नयाँ क्षेत्रहरुमा पनि संघका क्रियाकलापलाई केन्द्रित गर्न कार्यपत्र तयारीका लागि समन्वय गरिरहेका छौं भने सिङ्गो बचत ऋण अभियानलाई संस्थागत, सुदृढीकरण, सबलीकरण र स्तरोन्नतीका साथै अगाडि बढाउन र नयाँ सम्भावनाका ढोकाहरु खोल्न साकोस शिखर गोष्ठी सफल रहने विश्वास लिएका छौं,’ पौडेलले भने ।
गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् । एउटा सेसन नेफ्स्कुनको हुनेछ । श्रीलंका, बंगालादेश र भारत लगायत देशबाट प्रतिनिधिहरु गोष्ठीमा सहभागी हुनेछन् ।
‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायक रुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




