Breaking News

सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क प्रतिवेदन तयार पार्ने बताउनु भयो । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उहाँको विश्वास छ । मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पु¥याउने बताउनु भयो । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रुपमा तथ्यांक कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गर्नुभयो । औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तथ्यांकहरु भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडिआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ति नीतिहरु निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’

उहाँले राष्ट्रिय महत्वका नीति निर्माण गर्न यस किसिमका तथ्यांकहरुको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । आवश्यक तथ्यांकहरु नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा जोड दिनुभयो ।न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...

प्रतिनिधिसभाका सांसदले लिए शपथ

प्रतिनिधिसभाका सांसदले लिए शपथ

काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई...