Breaking News

२७ देखि ४६ वर्षका व्यक्ति आर्थिक बचतमा

काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रतिवेदनले २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत हुने गरेको देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालको २०७८/७९ को नेशनल ट्रान्सफर एकाउण्ट अनुमानले जनसांख्यिक परिवर्तनका आर्थिक प्रभावहरू स्पष्ट देखाएको हो । सोही अनुमानअनुसार २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत देखिन्छ । तर युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटाको उच्च रूप रहेको देखाएको छ । प्रतिवेदन प्रस्तुत गर्दै तथ्यांक कार्यालयका उपप्रमुख तथा तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा पाइएको बताउनुभयो । श्रम आम्दानी र उपभोगबीचको ठूलो असन्तुलन देखाउँछ । मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्नका लागि यो सूचनाले प्रशस्त मार्गदर्शन गर्ने लामिछानेको भनाइ छ ।

प्रतिवेदनमा भनिएको छ–‘नेपालको २०७८/७९ को नेशनल ट्रान्सफर एकाउण्ट अनुमानले जनसांख्यिक परिवर्तनका आर्थिक प्रभावहरू स्पष्ट देखाएको छ । सोही अनुमानअनुसार २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत देखिन्छ । तर युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटाको उच्च रूप रहेको देखाएको छ । प्रतिवेदन अनुसार अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा पाइएको छ । जसले श्रम आम्दानी र उपभोगबीचको ठूलो असन्तुलन देखाउँछ । मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्नका लागि यो सूचनाले प्रशस्त मार्गदर्शन गर्नेछ ।’

लामिछानेकाअनुसार नेपालको काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता अभिवृद्धि गर्न, सीप विकासलाई प्रवद्र्धन गर्न तथा सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतालाई यस अनुमानले स्पष्ट दिशानिर्देश गर्नेछ । यसरी, नेशनल ट्रान्सफर एकाउण्टबाट प्राप्त अन्तरदृष्टिको माध्यमबाट अन्तरपीढी आर्थिक स्थायित्व सुनिश्चित गर्ने आधारहरू तयार गर्न सकिनेछ ।

आगामी दिनहरूमा नेशनल ट्रान्सफर एकाउण्ट अनुमान कार्यमा थप अध्ययन अनुसन्धान गरी सम्पतीमा आधारित पुनर्वितरण र हस्तान्तरण समेतको आर्थिक प्रवाहको समग्र चित्र तयार गर्नुपर्ने, तथ्यांकको नियमित आपुर्तिका लागि श्रम तथ्यांक र उपभोग खर्च सर्वेक्षण आवधिक रूपमा नियमित सञ्चालन गरी नेशनल ट्रान्सफर एकाउण्टको विस्तृत खाका तयार गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ । यसका लागि राष्ट्रिय लेखाका अनुमानहरू समेतको सुदृढीकरण आवश्यक पर्ने र नेशनल ट्रान्सफर एकाउण्टलाई थप खण्डिकृतस्तरबाट विश्लेषण गर्दै लैङ्गिक सवाल र अन्य सामाजिक सवालहरूमा प्राज्ञिक पृष्ठपोषण उपलब्ध गराउन सकिने निष्कर्श प्रतिवेदनको छ । न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...