राखेपको निर्णय लत्याउँदै एन्फा, निर्देशन विपरीत निर्वाचन कार्यतालिका
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन विपरित अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन तालिका सार्वजनिक गरेको छ।
एन्फाले शुक्रबार सामाजिक सञ्जालमार्फत निर्वाचनको तालिका सार्वजनिक गरेको हो। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार आगामी माघ ३ गतेभित्र उम्मेदवारी निवेदन पेश गर्ने तालिका छ।
माघ ६ गते उम्मेदवारको कागजात रुजु, ६ गते नामावली प्रकाशन र ८ गते नामावली माथि दाबी विरोध र उम्मेदवारी फिर्ताको कार्यक्रम छ।
१० गते दाबी, विरोध र उम्मेदवारी फिर्तापछिको नामावली प्रकाशन र ११ गते पुनरावेदन दाबी विरोधका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
१८ गते अन्तिम नामावली प्रकाशन र त्यसको १० दिनपछि २८ गते मतदान र मतगणनाको कार्यक्रम रहेको छ।
एन्फाको अध्यक्ष बन्न २५ हजार र वरिष्ठ उपाध्यक्षका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपाध्यक्षका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
उम्मेदवारी उपरको दाबी विरोधका लागि प्रमाणसहित १० हजार रुपैयाँ शुल्क एन्फाले तोकेको छ।
एन्फाको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी २०८३ को असार ५ गतेसम्म रहेको छ। तर पुस १६ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा कार्यकाल बाँकी छँदै माघ २८ गते झापामा केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गर्ने निर्णय गर्यो।
यही निर्णयका आधारमा एन्फाले जिल्लालाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ, सार्वजनिक सूचना निकालिसकेको छ र उम्मेदवारको मनोनयन फारमसमेत वितरण सुरु गरिसकेको छ।
यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गराएर मात्र केन्द्रिय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




