राष्ट्र बैंकले भोली २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पूनः २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जेठ २४ गतेका लागि जारी मिति तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको रहेको छ ।

भोलि बिक्री हुने कुल ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएको छ ।

You might also like
Comments
Loading...