अर्थ

राष्ट्र बैंकले भोली २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पूनः २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जेठ २४ गतेका लागि जारी मिति तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको रहेको छ ।

भोलि बिक्री हुने कुल ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएको छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...