कुलमान घिसिङ रास्वपाबाट अलग्गिने !
काठमाडौँ। पूर्वमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग्गिने तयारीमा लागेका छन्। रास्वपाले अपेक्षाकृत पद नदिएका कारण अलग्गिने तयारीमा लागेका निकट स्रोतले जनाएको छ।
गत साता मात्रै रास्वपाको दोस्रो वरीयतासहित उपसभापति बन्नेगरी कुलमानले आफ्नो उज्यालो नेपाल पार्टी समायोजन गरेका थिए। केन्द्रीय समितिमा २६ जना र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्नेगरी उम्मेदवार सूचीमा राख्नुपर्ने माग कुलमानले अघि सार्नुभएको थियो। तर रास्वपाले सम्भव नहुने बताएपछि कुलमान बाहिरिन लाग्नुभएको हो।
अब उनी उज्यालो नेपाल पार्टी नै अघि बढाउने तयारीमा हुनुहुन्छ। पार्टी स्रोतका अनुसार रास्वपा सभापति लामिछानेसँग कुलमानले शुक्रबार बौद्धमा छलफल गर्नुभएको थियो। तर छलफल सकारात्मक बन्न सकेन।
२१ जनालाई केन्द्रीय सदस्य दिन आफू तयार रहे पनि समानुपातिकमा सांसद हुने निश्चित गर्न नसकिने रविले बताउनुभएको थियो। उहाँले पार्टी राजनीतिमा सक्रिय बन्नकै लागि मन्त्री पदबाट पनि राजीनामा दिनुभएको छ। मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले आफू अब राजनीतिमा सक्रिय बन्ने जनाउनुभएको थियो।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...




