ईक्यानमा भुषाल टिमको औपचारिक उम्मेदवारी घोषणा
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी निर्वाचनका लागि दिपकराज भुसाल समूहले उम्मेदवारी घोषणा गरेको छ।
यही पुस २८ गते हुने संघको साधरण सभामा हुने निर्वाचनका लागि २२ गते नै उम्मेदवारी दर्ता भइसकेको छ।
उम्मेदवारी दर्ता हुनुअगावै भुषाल टिमको तर्फबाट सबै पदमा उम्मेदवारी परेको थियोे। शनिबार उक्त टिमले एक कार्यक्रम नै गरेर उम्मेदवारी घोषणा गरेका हुन्।
भूषाल टिमले ‘सबल ECAN, सक्षम नेतृत्व र सदस्य–मैत्री संस्था निर्माणको साझा अभियान´ भन्ने नारासहित २०२६ का २६ प्रतिबद्धता उक्त समुहले व्यक्त गरेको छ।
घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार दिपकराज भुषालले सबै उम्मेदवारलाई उपस्थित ईक्यानका सदस्यहरुबीच परिचय गराउनुभएको थियो।
भुषाल टिमबाट उपाध्यक्षमा विकलराज पोखरेल, मञ्जित ढकाल र रत्न बहादुर भट्टराई उम्मेदवार बन्नुभएको छ।
त्यसैगरी महासचिवमा भवनाथ हुमगाईं, दुई सचिवमा आषिक कार्की र सुरज सिलवालले उम्मेदवारी दिनुभएको छ।
त्यस्तै सो टिमको कोषाध्यक्षमा उमा खड्का पाठक, सह कोषाध्यक्षमा गोविन्द खनाल उम्मेदवार हुनुभएको छ।
त्यसैगरी आठ जना सदस्यमा क्रमश: अनन्तराज घिमिरे, अशोक कुमार हाथी, बसन्त पाण्डे, दामोदर शर्मा, कमल तिम्सिना, नवराज नेपाल, सञ्जीव पाण्डे, उद्दव बन र विवेक बस्नेत उम्मेदवार रहनुभएको छ।
सो क्रममा भुषालले भन्नुभयो, `हाम्रो समूहले २०२६ को आगमसँगै २६ एजेन्डाहरु यहाँहरु बीच प्रस्तुत गरेका छौं। ती एजेन्डा कार्यान्वयन म पूरा समय ईक्यानलाई दिन्छु। २४ घण्टा काम गर्नेछु।´
उहाँले आफ्नो समूहले अगाडि सारेका एजेन्डा राम्रोसँग अध्ययन गरेर राइट म्यान, नि राइट प्लेस´ हुनेगरी मतदान गरिदिनुहुन अनुरोध गर्नुभयो।
अर्कोतर्फ एन्ड्रयु पौडेल `लक्ष्मण´को नेतृत्वमा अर्को टिमले उम्मेदवारी दिनुभएको छ।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...




