अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा इरानलाई चेतावनीः अमेरिका कडा कारबाहीमा उत्रिनेछ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले इरान स्वतन्त्रताको खोजीमा रहेको दाबी गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिनुभयो। इरान सम्भवतः पहिले कहिल्यै नभएको जसरी स्वतन्त्रताको खोजीमा रहेको बताउनुभयो।

संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभयो। ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेमा वासिङ्टनले कडा कदम चाल्ने चेतावनी पटक–पटक दिँदै आएका छन्।

ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट पारेका छन्। मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर शत्रुता झल्काएको बताएको छ।

स्मरणीय छ कि इरानी मुद्रा रियालको मूल्यमा आएको तिब्र गिरावट र लामो समयदेखिको आर्थिक कठिनाइलाई लिएर डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न शहरहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् । इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका छन् । तर हिंसा र तोडफोड नगर्न चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...