सुनको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत पुस १३ गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ।
शुक्रबार भने सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढी हो। आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै
धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...




