इरानमा झनै हिंसात्मक बन्दै सरकारविरोधी प्रदर्शन
इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन झनै हिंसात्मक बनेको छ। राजधानी तेहरानसहित देशका सबैजसो शहरमा लाखौँ मानिस सडकमा उत्रिएका छन्।
आन्दोलन दबाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि सिधै गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या बढेको छ। तेहरानका अस्पतालहरूमा मात्रै २१७ जनाको मृत्यु भएको र सयौँको संख्यामा घाइतेहरू उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मानवाधिकारवादी संस्थाहरूका अनुसार कतिपय अस्पतालहरूमा घाइतेको अत्यधिक चापका कारण स्वास्थ्य सेवा पनि अस्तव्यस्त बनेको छ।
प्रदर्शनकारीहरूले वर्तमान शासन व्यवस्थाको अन्त्यको माग गरिरहेका छन् भने सरकारले उनीहरूलाई विदेशी एजेण्ड तथा ईश्वरका सत्रुका रुपमा दमन बढाइरहेको छ। यसैबीच, अमेरिकाले सिरियामा सक्रिय आतंकवादी समूह आईएसविरुद्ध ठूलो स्तरको हवाई आक्रमण गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले अपरेसन हकाय स्ट्राइक अन्तर्गत सिरियाका ३५ भन्दा बढी स्थानमा ९० वटा भन्दा धेरै निसानामा प्रहार गरेको छ। गएको महिना पाल्मिरामा भएको एक एम्बुस आक्रमणमा दुई अमेरिकी सैनिक र एक दोभासेको मृत्यु भएपछि अमेरिकाले यो जवाफी कारबाही तीव्र पारेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमण गर्नेलाई संसारको जुनसुकै कुनामा भए पनि खोजेर सिध्याउने चेतावनी दिएको छ। यो कारबाहीमा अमेरिकी वायुसेनाका २० भन्दा बढी लडाकु विमान र हेलिकप्टर प्रयोग गरिएको छ ।
ताजा अपडेट
-
१.
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
-
२.
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
-
३.
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
-
४.
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
-
५.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




