Breaking News

राप्रपाको पृथ्वीजयन्तीको कार्यक्रममा प्रधानमन्त्री सहभागी

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्नुभएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी हुनुभएकाे छ ।

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पुस २७ गते उहाँको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यकता रहेको जिकिर गर्दै आएको छ ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...