पठाओ नेपालका सह–संस्थापक अशिम मान सिंह बस्नेत काठमाडौं–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने
काठमाडौं। पठाओ नेपालका सह–संस्थापक तथा प्रबन्ध निर्देशक अशिम मान सिंह बस्नेतले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
आगामी फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी विज्ञप्तिमा बस्न्यातले नेपालको कठिन व्यावसायिक वातावरणमा वर्षौं काम गरेको अनुभवकै आधारमा राजनीति प्रवेश गर्ने निर्णय गरेको बताउनु भएको छ
सक्षम र मेहनती युवाहरू पनि प्रणालीगत कमजोरीका कारण अनिश्चित भविष्यको सामना गर्न बाध्य भएको उल्लेख गर्नुभ
एको छ । उहाँले “असफलता, दबाब र जिम्मेवारी” बीचको खाडल मेटाउन नीतिनिर्माणमा प्रत्यक्ष भूमिका खेल्ने बताउनुभएको छ।
बस्नेतको चुनावी अभियान तीन मुख्य आधारमा केन्द्रित रहेको छ:
-उद्यमशीलता प्रवर्द्धन र स्टार्टअपमैत्री वातावरण निर्माण
-निर्णयकर्ताहरूमा जवाफदेहिता संस्कृतिको विकास
-अनुभवी पुस्ता र नवप्रवर्तनशील युवाबीच संवाद प्रवर्द्धन
आफूलाई पेशागत राजनीतिज्ञभन्दा ‘जिम्मेवारी लिने व्यक्ति’ को रूपमा प्रस्तुत गर्दै उनले देशको दिशा परिवर्तनका लागि सहकार्यपूर्ण अभियानको आह्वान गरेका छन्। उहाँले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषय भने अझै सार्वजनिक गरेका छैनन्।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...




