विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराए ।
सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे ।
अर्का सांसद दीपकप्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पुर्याएको भए पनि राहत नपाएको गुनासो गरे । उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गरे ।
सांसद दिलकुमारीले किसानलाई मल पानीको जरुरी हुने भन्दै उपलब्ध गराउन सरकारसँग माग गरे । उनले अनलाइन पब्जी खेल बन्द गर्न पनि माग गरे ।
सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम कानुन बनाई दीर्घकालीनरूपमा लागू हुने परिपाटी बसाउन ध्यानाकर्षण गराए ।
सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविकालगायतको तलब वृद्धि नभएको भन्दै ध्यानाकर्षण गराए । उनले पुस्तक नपुगेका जिल्लामा तत्काल पुर्याउन माग गरे ।
सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेश गर्न माग गरे । सांसद नवीना लामाले पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गरे । सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उनले ध्यानाकर्षण गराए ।
सांसद पुष्पा भुषाल गौतमले कोरोना बीमाको रकम नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
स्कुल समयमा र सरकारी समय फरक पार्न माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रकाशमान सिंहले काठमाडौंको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे । उनले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याए ।
सांसद देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मस्र्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराए ।
सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गर्नुभयो । सांसद डिला सङ्ग्रौलाले फोहरले काठमाडौं । दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
शून्य समयमा सांसद तेजुलाल चौधरी, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज रावत, नारायणप्रसाद खतिवडा, नारायणप्रसाद मरासैनी, निरुदेवी पाल, पद्माकुमारी अर्याल, पवित्रा निरौला खरेल, पार्वतीकुमारी विशुन्के, प्रेम सुवालले धारणा राखेका थिए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




