Breaking News

जसपा- लोसपाबीच एकता : अध्यक्ष उपेन्द्र, संरक्षक महन्थ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको एकीकरणलाई मूर्तरूप दिन थप १२ बुँदे सहमति भएको हो ।

पार्टी एकतालाई मूर्तरूप दिन आइतबार दुवै पार्टीका अध्यक्षबीच १२ बुँदे सहमति भएको हो । सहमतिअनुसार महन्थ ठाकुर अब जसपा नेपालको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनुभएको छ।

सहमतिअनुसार राष्ट्रियसभामा मधेश प्रदेशबाट दलित, महिला र अल्पसंख्यक कलस्टरमा जसपा नेपालको तर्फबाट दिइएको उम्मेदवारी निष्क्रिय गरिनेछ ।

त्यसैगरी, फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा टिकट वितरण गर्दा दुवै जनाको हस्ताक्षर रहने गरी सम्झौता भएको हो । ‘२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवारका लागि पेस गरिने मनोनयन पत्रमा समन्वय समितिबाट हुने निर्णयअनुसार हस्ताक्षर महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा गर्नु हुनेछ,’ सहमतिपत्रमा उल्लेख छ ।

त्यसैगरी, एकीकृत पार्टीको नाम जसपा नेपाल र चुनाव चिन्ह छाता रहने सहमति भएको छ ।

पार्टी सञ्चालन गर्ने ४३ सदस्यीय केन्द्रीय समन्वय समिति रहने र केन्द्रीय समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने समेत सहमति भएको छ ।

दुवै पार्टीमा रहेका केन्द्रीय समिति समायोजन नहुँदासम्मका लागि केन्द्रीय समन्वय समिति पार्टीको संगठन, सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक समिति हुने सहमतिमा उल्लेख छ ।

दुवै पार्टीको एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र प्रचलित कानूनअनुसार अगाडि बढाइने, केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक एवं अध्यक्षले प्रमाणीकरण गर्ने गरी सहमति भएको हो ।

१२ बुँदे सहमतिअनुसार अहिले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । जसमा महन्थ ठाकुर संरक्षक, उपेन्द्र यादव अध्यक्ष रहनुहुनेछ।

त्यसैगरी सदस्यहरूमा अर्जुन थापा, अशेश्वर यादव, उमाकान्त झा, चन्देश्वर पासवान, जितेन्द्रप्रसाद सोनार, उमेश यादव, ताराविश्वकर्मा, दीपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी हुनुहुन्छ ।

त्यसैगरी, परमेश्वर साह, वृषेशचन्द्र लाल, बलवीर नेपाली, डा. विजयकुमार सिंह, विनोदकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, मनीषकुमार मिश्र, मुकेशकुमार झा, मो. खालिद सिद्धिकी, रेणुकुमारी यादव, रमेशप्रसाद कुर्मी पनि सदस्य हुनुहुन्छ।

त्यसैगरी, रामकुमार शर्मा, राजकुमार राई, रकम चेम्जोङ, लालबाबु राउत, लाक्पा शेर्पा, लक्ष्मण लाल कर्ण, शरतसिंह भण्डारी सदस्य, सर्वेन्द्रनाथ शुक्ल, डा. सुरेन्द्रकुमार झा, डा. शिवजी यादव, डा. सुरेन्द्रकुमार यादव, सुरेश मण्डल, सुनी लामा, हृदयेश त्रिपाठी, हरिनारायण यादव, लालकिशोर साह, चन्देश्वरप्रसाद सिंह, प्रमिला यादव ,जैनुल राइन र लीलादेवी सिटौला सदस्य हुनुहुन्छ।

सम्बन्धित समाचार

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...