एस.एल.आरका लक्की ड्र विजेतालाई चेक हस्तान्तरण
काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले लक्की ड्रमार्फत विजेताहरुलाई आज एक समारोहको बिच चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले आफ्नो दशैं/तिहार/छठअन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको छ । उक्त अफरमा मोटरहेडका MH-150R गर्ने काठमाडौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख जिनेका छन् भने, रुकुम घर भई हाल काठमाडौं बस्दै आएका दया बुढा मगरले ५० हजार र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले २५ हजार जितेका थिए ।
मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल Tekken R 250 र Scrambler खरीद गरेका थिए । कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको योग्य हुन पाएकोमा तीनै जना ग्राहक खुशी देखिन्थे ।
साथै मोटरहेडको वाइकको Performance र Satisfaction level आफूलाई साह्रै मन परेको जानकारी दिए । उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.का निर्देशक सुगम घिमिरेले गरेका थिए ।
हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा Scratchगरी १ लाखसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९ सय जित्न सकिने व्यवस्था रहेको छ ।
यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मूख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यकाभित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




