विगतका कमजोरी कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन गर्यौंः शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महान्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि काँग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी भएको दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर अगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ । असन्तुष्टि थिए । म स्मरण गराउन चाहन्छु ? असन्तुष्टि मात्रै थिएनन्, अस्थिरता, द्धन्द्ध र हिंसाको बिचबाट पनि यी सबैको बाबजुद गाउँ गाउँमा सडकहरु पुगेका थिए । सञ्चारको सुविधा पुगेको थियो । चाहे राज्यको क्षेत्रबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट केही न केही प्रगति भएको थियो । नीजि क्षेत्रको व्यापक विस्तारले केही सम्भावनाहरु बढाएको थियो । यो काँग्रेसको नीतिमा भएको थियो र काँग्रेसले नेतृत्व गरेको बेला भएको थियो । सधैं राज्यलाई योगदान दिने तर विभिन्न आन्दोलनको बेला प्रताडना भोग्ने नीजि क्षेत्रलाई पनि आज सम्झिन चाहान्छौँ । भदौ २३ र २४ को घटनालाई अलग अलग रुपमा हेर्नुपर्छ हामी हेर्नेछौँ ।’
उहाँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
सम्बन्धित समाचार
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष
काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...




