मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

नेफ्स्कून र लायन्स क्लबबीच सहकार्यका विषयमा छलफल

नेफ्स्कून र लायन्स क्लबबीच सहकार्यका विषयमा छलफल

  • खबर सेवा

  • शनिबार, जेष्ठ २८, २०७९

  • 8
    SHARES
नेफ्स्कून र लायन्स क्लबबीच सहकार्यका विषयमा छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कू) र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालबीच संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न आयाममा रणनीतिक सहकार्यका विषयमा छलफल भएको छ ।

नेफ्स्कून केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफल मुलतः रक्त सञ्चार तथा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको अभियानमा सहयोगको विषयमा केन्द्रीत थियो । उक्त केन्द्र रक्त सञ्चार तथा रक्त अनुसन्धान सम्बन्धी काम गर्ने लक्ष्यका साथ त्रिभुवन विश्व विद्यालय र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको सहकार्यमा स्थापित गरिएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेललगायत सहभागी कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष रुद्र ज्ञवाली लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कून अध्यक्ष, महासचिव एवम् लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष ज्ञवालीले दुई निकायबीचको सहकार्यले सामाजिक क्षेत्रका अन्य विविध पक्षमा मिलेर काम गर्ने सम्भावनाको ढोका खोल्ने धारणा राखे । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology