राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताउनुभएको छ। आइतबार काभ्रेपलाञ्चोकमा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै उहाँले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा अभिव्यक्ति दिनुभएको हो।
उहाँले फागुन २१ गते तोकिएको निर्वाचन हुने–नहुने विषयमा अझै अन्योल कायमै रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाले देश र जनताको भविष्य संकटमा परेको बताउनुभयो। भदौ २३ र २४ का घटनापछि नेपाल गम्भीर मोडमा पुगेको भन्दै त्यसले असङ्ख्य आशङ्का र द्विविधा सिर्जना गरेको उहाँको भनाइ थियो।
एमालेको निष्कर्ष सुनाउँदै सचिव बस्नेतले फागुन २१ गते निर्वाचन हुने अवस्था नरहेको दाबी गर्नुभयो। ‘निर्वाचन तोकिएको मितिमा हुने परिस्थिति छैन, यो नेकपा एमालेको स्पष्ट निष्कर्ष हो,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादको अवस्था सिर्जना हुनु सरकारको दया नभई एमालेको सशक्त प्रतिवादको परिणाम भएको दाबी पनि उहाँले गर्नुभयो। ‘पहिले अनुहारसमेत हेर्दिन भन्ने प्रधानमन्त्री अहिले वान टु वान वार्ताको अवस्थामा पुग्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यो सरकार घुँडा टेक्न बाध्य भएको सङ्केत हो, अब सरकार थप प्रतिगामी कदम चाल्न सक्ने अवस्थामा छैन।’
सचिव बस्नेतले पछिल्ला घटनालाई लोकतन्त्र, विधिको शासन र जनअधिकारमाथिको आक्रमणका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूले नेपाल राष्ट्रलाई कमजोर बनाउन खेल खेलेको आरोप लगाउनुभयो। जेन–जी पुस्ताका माग अवस्था परिवर्तनको भए पनि त्यसलाई गलत दिशामा मोडिएको उहाँको भनाइ थियो।
प्रतिगमन सच्याउने पहिलो कदम आन्दोलनको बलमा सुशीला कार्कीलाई हटाउनु र दोस्रो कदम निर्वाचनमार्फत एमाले सबैभन्दा बलियो शक्ति बनेर राज्यलाई गलत शक्तिको कब्जाबाट जोगाउनु भएको उहाँले बताउनुभयो। ‘प्रतिगमन सच्याउने सबैभन्दा सशक्त माध्यम चुनाव हो र हामी त्यसैलाई प्रयोग गर्छौँ,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
एमालेले कहाँ कहाँ लियो अग्रता?
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता
काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...




