Breaking News

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो ।

अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्युनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता

काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २।५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ ।

यसअघि केन्द्रिय बैंकले एक÷एक वर्ष अवधिका तीनवटा ऋणपत्र जारी गरिसकेको छ ।
ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ । साबा भुक्तानी २०८३ पुस २८ गते हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...

उपसभामुखको निर्वाचन पर्सि

उपसभामुखको निर्वाचन पर्सि

काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय...