सिद्धार्थ होटल नेपालगन्जले ‘सिद्धार्थ न्यु इअर इभ २०७९’ आयोजना गर्ने

नेपालगन्ज । सिद्धार्थ होटल नेपालगन्जले ‘सिद्धार्थ न्यु इअर इभ २०७९’ आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा होटलले कार्यक्रम गर्न लागेको हो । होटलले नेपाली र अंग्रेजी हरेक नयाँ वर्षको पूर्व सन्ध्यामा कार्यक्रम गर्दै आइरहेको र यस वर्ष पनि निरन्तरता दिइएको महाप्रवन्धक काशी अधिकारीले जानकारी दिए ।

यस वर्ष कलाकार एड्रियन प्रधानको टोली, डिजे बि–क्यास, गीतसंगकुण्ठ सहितको टोलीले सांस्कृतिक प्रस्तुति राख्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा सहभागिताका लागि वयस्कले २ हजार १ सय ९९ रुपैयाँको र १२ वर्ष मुनिकाले १ हजार १ सय ९९ रुपैयाँको टिकट काट्नुपर्नेछ । सहभागीलाई स्वागत पेय एक बोटल वियर वा जुस, असीमित खाजा, अन्तर्राष्ट्रिय बुफे डिनर निःशुल्क हुने अधिकारीले जानकारी दिए ।

टिकट चैत २८ गतेतसम्म मात्रै खुल्ला रहने सेल्स एण्ड मार्केटिङ प्रवन्धक नबिन भट्टले जानकारी दिए । लामो समयसम्म हस्पिटालिटी क्षेत्रमा काम गर्दै आइरहेको सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गत होटल सञ्चालित छ । ग्रुप अन्तर्गत देशभर २७ वटा होटल, रिसोर्ट, क्याफे, आतिथ्य संस्थान, ट्रेड मार्ट लगायत सञ्चालित छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

You might also like
Comments
Loading...