सिद्धार्थ होटल नेपालगन्जले ‘सिद्धार्थ न्यु इअर इभ २०७९’ आयोजना गर्ने
नेपालगन्ज । सिद्धार्थ होटल नेपालगन्जले ‘सिद्धार्थ न्यु इअर इभ २०७९’ आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा होटलले कार्यक्रम गर्न लागेको हो । होटलले नेपाली र अंग्रेजी हरेक नयाँ वर्षको पूर्व सन्ध्यामा कार्यक्रम गर्दै आइरहेको र यस वर्ष पनि निरन्तरता दिइएको महाप्रवन्धक काशी अधिकारीले जानकारी दिए ।
यस वर्ष कलाकार एड्रियन प्रधानको टोली, डिजे बि–क्यास, गीतसंगकुण्ठ सहितको टोलीले सांस्कृतिक प्रस्तुति राख्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा सहभागिताका लागि वयस्कले २ हजार १ सय ९९ रुपैयाँको र १२ वर्ष मुनिकाले १ हजार १ सय ९९ रुपैयाँको टिकट काट्नुपर्नेछ । सहभागीलाई स्वागत पेय एक बोटल वियर वा जुस, असीमित खाजा, अन्तर्राष्ट्रिय बुफे डिनर निःशुल्क हुने अधिकारीले जानकारी दिए ।
टिकट चैत २८ गतेतसम्म मात्रै खुल्ला रहने सेल्स एण्ड मार्केटिङ प्रवन्धक नबिन भट्टले जानकारी दिए । लामो समयसम्म हस्पिटालिटी क्षेत्रमा काम गर्दै आइरहेको सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गत होटल सञ्चालित छ । ग्रुप अन्तर्गत देशभर २७ वटा होटल, रिसोर्ट, क्याफे, आतिथ्य संस्थान, ट्रेड मार्ट लगायत सञ्चालित छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




