गगन-विश्वअघि बढेपछि कांग्रेस संस्थापनको अपिल : पार्टीलाई असर पर्ने गतिविधि नहोस्
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गर्नुभएको छ।
खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गर्नुभएको हो।
‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ उनले भनेका छन्,’यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे
काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...
महोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट
काठमाडौं। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...




