एकैदिन तोलामा १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सयले बढेको छ ।

आइतबार एकैदिन तोलामा १५ सयले बढेसँगै छापावाला सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैया तोकिएको महासंघले जनाएको छ । त्यस्तै  चाँदीको मूल्य तोलामा रु १५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ बढेसँगै तोलाको १ हजार २८० रुपैया तोलीएको महासंघले जनाएको छ ।

You might also like
Comments
Loading...