एस.जि. ग्रुपले भित्र्यायो इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्ड
काठमाडौं । एस.जि ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्प प्रा.लि.ले इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाइक तथा स्कुटर नेपाली बजारमा भित्र्याएकोे छ । कम्पनीले हालसालै यो ब्राण्डलाई नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीले तारो ब्राण्डका ‘इमोला १५० एलेक्स’ र टिनाइट १५०’ दुई मोडलमा स्कुटर र ‘जिपिटु २००’, ‘जिपीवान २५० एसआर’ र जिपिवान ३८०’ गरी तीन मोडलका प्रिमियम बाइकहरु नेपाली बजारमा पस्केको छ । कम्पनीले नक्सालको नारायणचोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गरेको छ भने काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पु¥याएको छ ।
साथै टेकुस्थित वाइकर्स मोटर्सले पनि कम्पनीको आधिकारिक बिक्री प्वाइन्ट लिँदै यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । उपत्यका वाहिरका मुख्य मुख्य सहरहरु धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ । हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकेर आवश्यकीय संरचनाको निर्माण कार्यलाई अघि बढाइरहेको जनाइएको छ । सानोपोखरास्थित ओम अटोमोवाइल्समार्फत बिक्री सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो इमोला १५० को बिक्री मूल्य ३ लाख ३० हजार रुपैयाँ, जिपीवान २५० एसआरको ६ लाख ५० हजार रुपैयाँ र जिपिवान २८० सिसीको बिक्री मूल्य ९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

आकर्षक डिजाइनको साथै इएफआइ, टिएफटी, डिस्प्ले, सिबिएस (कम्बाइन ब्रेकिङ सिस्टम), लिक्विड कुलिड इन्जिन र अन्य मास्टर्स अफ इन्जिनियरिङहरुको अनुभव तारो ब्राण्डाको बाइक तथा स्कुटरमा गर्न सकिनेछ ।
त्यसैगरी कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गरी चैैत २४ देखि ३१ वैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा तारो ब्राण्डका कुनैपनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाउन सकिनेछ । जिपिटि २०० खरिद गर्दा २० हजार जिपिवान २५० एसआर मा २५ हजार र जिपिवान ३५० खरिद गर्दा ३० हजार छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत बैंककको प्याकेज अफर सार्वजनिक गरेको छ ।
ताजा अपडेट
-
१.
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
-
२.
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
-
३.
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
-
४.
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
-
५.
अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...
पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी...
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...




